नेपाल वेयरहाउजिङ्गको नोक्सानी बढ्यो
काठमाडौं,३१ वैशाख । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको नोक्सानी बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको ९ महिनासम्म आईपुग्दा १४ करोड २ लाख नोक्सानीमा पुगेको छ । आम्दानी खासै नबढेको तर खर्च भने बढेका कारण नोक्सानी बढ्न पुगेको हो ।
तेस्रो त्रैमासको मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ भने कुल खर्च १४ करोड ६९ लाख रुपैयाँ रहेकोछ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १० पैसा रहेको छ ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २० करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्