नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाए
काठमाडौं, ३१ बैशाख । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन्।
पार्टी प्रवक्ता मनिष सुमनका अनसार सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने छ।
महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिए।
मधेसमा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिएका छन्। यसले गर्दा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
यससँगै संघीय सरकारमा पनि के गर्ने भन्नेबारे जसपा नेपालले केन्द्रीय समितिमै छलफल गर्न लागेको हो। अध्यक्ष यादव उपप्रधान सहित स्वास्थ्य मन्त्री छन्। जसपालाई सरकार छाड्न दवाव परेको छ ।
अशोक राई नेतृत्वमा जसपा नेपालका ७ जना अलगिएर जनता समाजवादी गठन गरेपश्चात जसपा अल्पमतमा परेको हुँदा यस्तो समइा आएको छ । यी समग्र विषयबारे अध्यक्ष यादवले छलफल गरी आवश्यक निर्णय लिन केन्द्रीय समिति बैठक राखेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उपप्रधानमन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गरेको चर्चाका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता सुमनले औपचारिक निर्णय केन्द्रीय समितिले नै गर्ने प्रतिक्रिया दिएका छन् ।
‘जसपा नेपाल संगठन भएको पार्टी हो, केन्द्रीय समिति भोलि बस्छ। त्यसले समग्र विषयमा औपचारिक निर्णय गर्छ,’ उनले भने, ‘परिस्थिति फरक हुँदै गइरहेको छ। संदसदको गतिरोध अन्त्य र पार्टीले खेल्ने भूमिकाका बारेमा पनि छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्