सेयर बजार ८ दशमलव २६ अंकमा वृद्धि

काठमाडौं, ३० बैशाख । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक बढेको छ । आइतबार नेप्से ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० अंकमा बन्द भएको हो । आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता सेयर कारोबार भयो ।

आज दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ७ को स्थिर रह्यो ।

त्यसैगरी, आज सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने सर्वाधिक कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको भयो ।

प्रतिक्रिया दिनुहोस्