प्रधानमन्त्री दाहालले गतिरोध अन्त्य लागि नेपाली कांग्रेसलाई बोलाए छलफलमा
काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले संसदको गतिरोध अन्त्य र राजनीतिक छलफलकालागि नेपाली कांग्रेसलाई बोलाएका छन् ।
जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । उसले गर्दा संसद अनिर्णयको बन्दी बनेको छ ।
शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर नेपाली काँग्रेसले नाराबाजी गरेको थियो । यो छलफलले निकास दिएमा संसदको गतिरोध अन्त हुनेछ र संसदले गति पाउने छ ।
प्रतिक्रिया दिनुहोस्