कांग्रेसका दाधिकारी बैठक बुढानिलकण्ठमा

काठमााडौ, २९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले बैठक जारी छ ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणका बारेमा संसदमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको स्रोतले जनाएको छ ।
सो प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै शुक्रबार कांग्रेसले दुवै सदन अवरुद्ध गरेको थियो । बैठकमा कांग्रेसका पूर्व पदाधिकारीहरु पनि सहभागी छन् । वर्षे अधिवेशन सुरु भएको छ । तर काँग्रेसको अवरोधका काराण संसद चल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्