सभामुख र प्रमुख सचेतक बैठक असफल, प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौं,२८ वैशाख । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरयो । बैठकमा कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक चल्न आव्हान गरे, तर बैठक चल्न सकेन । अवरोधका बीच बैठक चलाउन कोशिस गरेका सभामुखसँग कांग्रेसका सांसदहरु रुष्ट बने । त्यसपछि संसद अवरोध भयो, केही समय बैठक स्थगित पनि भयो । त्यसबीचमा सभामुख र प्रमुख सचेतकबीच छलफल भए तर छलफल सकारात्मक हुन सकेन, केही सीप नलागेपछि सभामुख असफल भए, संसदलाई अगाडि बढाउन सकेनन् । बाध्य भएर अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्