सर्वोच्चले दिएन कोशी विवादमा अन्तरिम आदेश, पूर्ण सुनुवाइको लागि जेठ ९ गते कुर्नुपर्ने
काठमाडौं,२८ वैशाख । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।
वर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएन । अन्तरिम आदेश जारी नभएपछि हालका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कामकाजमा अवरोध नहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्