गगन थापाको सभामुखलाई चुनौती, हामीलाइ कसैको निगाहा र बक्सिस चाहिदैन

काठमाडौं,२८ वैशाख । संसद खुलेसँगै शुरु भएको बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट सांसद गगन थापाले ३ मिनेटको समय पाएका थिए । संसदमा बोल्ने क्रममा सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही कुनै पनि हालतमा अघि बढ्न नसक्ने कांग्रेसको धारण राखेको थिए । बोल्दै जाँदा ३ मिनेटभन्दा बढी समय गएकोले सभामुखले २ मिनेटेको समय थप गरेका थिए ।
सभामुखको थप गरिएको समयलाई चुनौती दिदै भने हाम्रा कुरा स्पष्ट छ, हामीलाई कसैको निगाहामा थप समय चाहिदैन, हामीले अरु केही माग गरेका होइनौ, छानीविन समिति गठन होस भन्ने चाहना हो, कांग्रेसको मागलाई लत्याईए सदन अवरोध हुने र संसदको विजनेश ठप्प हुने त्यसको असर सबैलाई पर्ने तर सदन नचल्नुको जिम्मेवार सरकार स्वयं नै रहने बताए। गगनले बोले लगत्तै सदनमा अवरोध सिर्जना भएर नाराबाजी शुरु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्