छिमेक लघुवित्तको ब्याज आम्दानी घटेसंगै नाफा घट्यो

काठमाडौं,२८ वैशाख । छिमेक लघुवित्तको ब्याज आम्दानी घटेसंगै नाफा प्रभावित भएको छ । चालु आ.व.को तेस्रो त्रैमाससम्ममा लघुवित्तले २६.९० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

लघुवित्तले चैतसम्ममा ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस वर्ष लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै घटेको छ भने खर्च बढेको छ । सम्भावित खोखिमबापत छुट्याएको रकम पनि दोब्बर भन्दा बढि छ । जसको कारण संस्थाको नाफामा गिरावट देखिएको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड रुपैयाँमा झरेको छ । त्यसैगरि सञ्चालन आम्दानी ५.२० प्रतिशतले घटेर २ अर्ब २६ करोडमा झरेको छ ।

लघुवित्तले सम्भावित जोखिम बापत ४१ करोड ४७ लाख छुट्याउनु परेको छ गत वर्ष सम्भावित जोखिमबापत २२ करोड ७३ लाख छुट्याएको थियो ।

लघुवित्तको निक्षेप संकलन ७.१६ प्रतिशतले बढेर ३२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी ५.१३ प्रतिशतले बढेर ३३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ

यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा छ । गत वर्षको यसैअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४१ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा छ ।

लघुवित्तको हाल २ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्