आम्दानी घट्दा नागरिक लगानी कोषको प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं,२८ वैशाख । नागरिक लगानी कोषले चालु आ.व. को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
यस आ.व.को चैत मसान्तसम्ममा कोषले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ७७ करोड ७९ लाख खुद नाफा कमाएको कम्पनीले यस बर्ष नाफा १३.४३ प्रतिशतले बढाएको हो ।
कोषको ब्याज आम्दानी र कमिसन आम्दानी बढ्दा नाफा बढेको हो ।
गत आर्थिक वर्षमा ३० करोड ५० लाख रहेको ब्याज आम्दानी चालु आर्थिक वर्षमा बढेर ३५ करोड ३२ लाख पुगेको छ । त्यसैगरि कमिसनबाट हुने आम्दानी ९३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४ करोड पुगेको छ ।
कम्पनीले पूँजी बढाए अनुसार आम्दानी बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानी घटेको छ । कोषले यस वर्ष बोनश शेयर बितरण गरेर पूँजी २५ प्रतिशतले बढाएको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४ पैसाबाट घटेर २२ रुपैयाँ १४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४१ पैसा छ ।
हाल ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्