सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने

काठमााडौ. , २८ बैशाख । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ।
सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ।

‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन्छ।’ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ। सरकारले बजेट अघि नीति तथा कार्यक्रम पेस गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्