नेश्नल लघुवित्तको नाफासंगै प्रतिशेयर आम्दानी पनि घट्यो

काठमाडौं,२८ वैशाख । नेसनल लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १९ करोड ७ लाख ५४ हजार रुपैयाँमा नाफा कमाएको छ । गत आ.व.को मशान्तसम्ममा २० करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको ब्याज आम्दानी बढेको भए पनि सम्भावित जोखिमबापत रकम छुट्याउन परेको कारण उसको नाफा प्रभावित भएको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी भने ३१.०७ प्रतिशतले बढेर ५९ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद सञ्चालान आम्दानी २२.८५ प्रतिशतले बढेर ७५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको निक्षेप संकलन १९.५८ प्रतिशतले बढेर ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १६.३२ प्रतिशतले बढेर १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी गिरावट आई २१ रुपैयाँ ८२ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा छ ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्व २४ करोड र रिटेर्न अर्निङ्ग ४२ करोड २३ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्