प्रभु इन्सुरेन्सको नाफा संगै प्रतिसेयर आम्दानीमा वृद्धि

काठमाडौं,२८ वैशाख । प्रभु इन्सुरेन्सले तेस्रो त्रेमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७।१८५ ले बढी हो । खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानीमा सुधार भएपछि खुद नाफामा वृद्धि भएको हो ।

आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बिमा शुल्क आम्दानी २१.५४% ले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट आम्दानी पनि ४८.३०% ले बढेर ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

प्रभुको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ भने हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । खुद नाफामा उच्च वृद्धि हुँदा प्रतिसेयर आम्दानी पनि २६.८८ रुपैयाँले बढेर ३७.९३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २२४.६७ रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्