राष्ट्रपति पौडेलको युरोप भ्रमण रद्द गर्दा ५५ लाख खर्च

काठमाडौं, २७ बैशाख। जाजरकोटमा भूकम्प गएपछि १० दिने युरोप यात्रा रद्द गरेका राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण तयारी अन्तर्गत अग्रिम काटिएका टिकटको भुक्तानीमा ५५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रिपति पौडेलको फ्रान्स, इटाली र जर्मनी भ्रमणको पूर्वतयारी अन्तर्गत काटिएका टिकटको भुक्तानीमा सो रकम खर्च भएको हो ।

राष्ट्रपति पौडेल २२ कात्तिक २०८० देखि १० दिनका लागि युरोप भ्रमणमा निस्कने योजना थियो । तर, गत १७ कात्तिक राति जाजरकोटमा भूकम्प आएको थियो । भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको थियो ।

मुलुकमा असहज परिस्थति आएको भन्दै राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए । तर, काटिसकेका टिकट रद्द गर्दा मुलुकले ५५ लाखभन्दा धेरै रकम गुमाउनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्