सवा करोड खर्च गरेर प्रधानमन्त्री दाहाल युगान्डा भ्रमणमा
काठमाडौं, २७ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको हो ।
अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ४ माघमा युगान्डा प्रस्थान गरेका थिए । उनी ७ माघमा स्वदेश फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्