हिक्मत कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं, वैशाख २६ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

सरकार गठनको आह्वान विरुद्ध स्वत कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्