तारागाउँ रिजेन्सी होटलको सञ्चालन आम्दानी संगै बढ्यो खुद नाफा

काठमाडौं,२७ वैशाख । तारागाउँ रिजेन्सी होटल्सले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ ।

होटलले तेस्रो त्रैमासको अन्त्यसम्ममासञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलकोे आम्दानी ९० करोड ६१ लाख रुपैयाँ थियो ।

आम्दानीमा बढोत्तरीसँगै होटलको खुद नाफा पनि बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा होटलको अन्य आम्दानी १९.१२ प्रतिशत र कुल आम्दानीमा १२.२५ प्रतिशत बढेको छ ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रुपैयाँ ७७ पैसा बढेर २२ रुपैयाँ ६५ पैसा भएको छ । यस अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्