साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं,२७ वैशाख । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको यहि अवधिको तुलनामा ४० प्रतिशतले धेरै हो । कर्पोरेसनले गत वर्ष ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ ।

साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा रहेको छ ।

त्यसैगरि, कर्पोरेसनको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्