सन नेपाल लाइफको शेयरमूल्य समायोजन

काठमाडौं,२७ वैशाख । आज नेपाल स्टक एक्सचेञ्जमा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन गरे पश्चात शेयर मूल्य ४७० रुपैयाँ ९२ पैसा कायम भएको छ ।

यस समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

इन्स्योरेन्सले जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्