एचआईडिसिएलको नाफा सामान्य बढ्यो

काठमाडौं,२६ वैशाख । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशत र वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । यस अवधिमा कम्पनीको आम्दानी १८ पैसा बढेर ६ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६।२२ गुणा रहेको छ ।

कम्पनीको २२ अर्ब ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्