सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौं,२६ वैशाख । सन नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते बुधबार अन्तिम दिन हो ।
साधारण सभा प्रयोजनका लागि यसले वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सको लाभांश प्राप्त गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यो लाभांश पारित गर्न कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा डाकेको छ ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत  हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आ.व. २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहको छ ।

प्रतिक्रिया दिनुहोस्