सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरे, इलामको विकास र जनताको सेवामा समर्पित हुने

काठमाडौं, २६ बैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण गरेका हुन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।

१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन्।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा २५ गते निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै सुहाङ विजयी भएका थिए । यो सँगै सुहाङ नेम्वाङको संसदीय यात्रा सुरु भएको छ । संसदमो आफ्नो भूमिका निर्वाह गर्ने छ ।
। सांसद सुहाङ नेम्वाङले सपथ ग्रहणपछि इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताए । ‘इलामको समस्यालाई समाधान गर्नको निम्ति मैले के के कुराहरू उठाउनुपर्छ भनेर विशेष ध्यान हुन्छ,’ उनले भने ।

विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्थाको अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘नेपालमा धेरै विकास काम भइरहेको छ, नीति निर्माण भइरहेको छ । तर सुशासनको कमजोरी होस् या ती सबै कामले पूर्णता पाएको छैन, कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यही कारणले हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।’

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्र प्रवर्द्धन तथा विकासका लागि कतिपय नीति परिमार्जन गर्नुपर्ने आवश्यकता भए त्यसलाई पनि आफूले ध्यान दिने उनले बताए ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको जानकारी गराउँदै उनले थपे, ‘बुवा(सुवास नेम्वाङ) ले देखाउनु भएको इमान र निष्ठापूर्वक त्यो सबै कामलाई पूर्णता दिने गरी म अगाडि बढ्छु ।’ उनले थपे, उनले आगामी दिनमा विकासले नै अर्काे निर्वाचनमा जनताले विश्वाश गरेर मदतान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्