हिमालयन लाइफ इन्सुरेन्सको नाफा घट्यो

काठमाडौं,२६ वैशाख । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ७.९९ प्रतिशतले थोरै हो ।

गत वर्ष यसले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यद्दपि, खर्च वृद्धिको अनुपात झन धेरै भएपछि नाफामा केही कमी आएको हो । कुल खर्च १०।७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ ।

इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर ७।२४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्