एनएमबि लघुवित्तको ब्याज आम्दानी घटेपछि नोक्सानीमा

काठमाडौं, २६ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरण अनुसार सो अवधिसम्ममा लघुवित्त नोक्सानीमा रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तले नोक्सानी व्यहोर्नु परेको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.४४ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३१.११ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६१ लाख रुपैयाँ धनात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७ करोड ५० लाख रुपैयाँ ऋणात्मक भएको छ ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, अवधिसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्