सर्वोत्तम सिमेन्टको आम्दानीसँगै नाफामा बढोत्तरी

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशत बढी हो । गत आ.व. को यसै अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री र अन्य आम्दानी बढेका कारण खुद नाफा वृद्दि हुन पुगेको हो ।

कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्