सिटिजन लाइफ इन्सुरेन्सले घोषणा गरेको लाभांश रद्द

काठमाडौं,२५ वैशाख । सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द भएको छ । कम्पनीले सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको हो ।

नेपाल बिमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि इन्सुरेन्सको सञ्चालक समितिको वैशाख २५ गते बसेको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

पुँजी वृद्धि गर्न सिटिजनले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश कर प्रयोजन सहित गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा थियो । कम्पनीले उक्त लाभांश रद्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस्