आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २५ बैशाख। आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार रुपमा छलफल हुनेछ संसद सचिवालयले जनाएको छ।

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका बारेमा छलफल हुनेछ । यस बैठकलाई नेपाल विद्येयकलाई विशेष छलफल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्