जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दै
काठमाडौं, २५ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी विभाजन र समसामायीक विषयमा छलफल हुने बताइएको छ ।
यो पार्टी भरखरै विभाजित भएको छ । निर्वाचन आयोगले समेत दल दर्ता गरिसकेको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ ।
आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने यस पार्टीको तयारी छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो । यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ । यसले पाटीृमा भुकम्प गएको छ । यसले नेपाली राजनीतिमा नै पहिरो गएको छ ।
प्रतिक्रिया दिनुहोस्