पञ्चकन्या माईको नाफा २ करोड १३ लाख, जगेडा कोष भने अझै ऋणात्मक

काठमाडौं,२४ वैशाख । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसैअवधिमा तुलनामा ८५ प्रतिशत वढि हो । हाइड्रोको गत वर्षको यसै अवधिमा १ करोड १५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा २९ करोड २० लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्ष यसको उक्त आम्दानी २९ करोड ८६ लाख थियो ।

हाइड्रोको वित्तीय लागतका साथै अन्य खर्च घट्दा यसको नाफामा सुधार आएको हो । चालु आ.व.को तेस्रो त्रैमाससम्म हाइड्रो चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक छ । प्रतिसेयर आम्दानी २.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८५.०२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्