मिथिला लघुवित्तको नाफामा आकर्षक सुधार

काठमाडौं,२४ वैशाख । मिथिला लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफासँगै प्रमुख सूचकहरुमा आकर्षक सुधार आएको छ ।

यसअवधिमा खुद नाफा ४१.५१ प्रतिशतले बढेर ३ करोड ५४ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आ.व. को यसैअवधिमा संस्थाले २ करोड १२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको छ ।

खुद ब्याज आम्दानी ३१.५३ प्रतिशतले बढेर ९ करोड ६५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४४.२९ प्रतिशतले बढेर ३ करोड ५३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैयमासको अन्तसम्म आइपुग्दा मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ६० लाख ३६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्