सन नेपाल लाइफको खुद नाफामा सुधार

काठमाडौं,२४ वैशाख । सन नेपाल लाइफ इन्सुरेन्सले चालु आ.व.को तेस्रो त्रैमाससम्म ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११.०६ प्रतिशतल बढि हो । गत वर्ष इन्स्योरेन्सले ४४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएकोे थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ६०.५८ प्रतिशतले बढेर ६५ करोड २३ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको हो । गत वर्ष यसले लगानी तथा कर्जाबाट ४० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, यसको कुल दाबी भुक्तानी रकम पनि १ अर्ब १५ करोड २८ लाख रुपैयाँबाट घटेर ८५ करोड ३४ लाख रुपैयाँमा आएको छ ।

इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ । सन नेपालको सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रहेको छ ।

तेस्रो त्रयमाससम्म इन्स्योरेन्सले २ अर्ब ४९ करोड रुपैयाँ बढी खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको भन्दा ०.९८ प्रतिशतले थोरै हो । त्यस्तै, खुद नाफा पनि बढेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानीे ५.८९ रुपैयाँले घटेर २०.५७ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ भने १९४.११ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्