सिटिजन लाइफले गर्यो लाभांश घोषणा

काठमाडौं,२४ वैशाख । सिटिजन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सो मा लाग्ने कर सहित १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

इन्स्योरेन्सले चुक्ता पूँजी बृद्धि गर्नका लागि सो लाभांश वितरण गर्न लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्