कीर्तिपुरमा बस दुर्घटनामा एक जनाको मृत्‍यु

काठमाडौं, २३ बैशाख । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बस दुर्घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्