इन्फिनिटी लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं,२३ वैशाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा  वृद्धि गरेको छ।

लघुवित्तले आ.व. २०८०/८१ को तेस्रो त्रैमाससम्म ५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे छ । संस्थाले गत वर्षको यसै अवधिको तुलनामा २८० प्रतिशतले धेरै हो । गत वर्ष यसले १ करोड ३८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको इम्पेयरमेन्ट चार्जमा सुधार हुँदा खुद नाफा बढेको हो । यसले १ करोड ५५ लाख रुपैयाँ उक्त चार्ज घटेको छ । गत वर्षको चैतसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज मात्रै ५ करोड ६५ लाख रुपैयाँ बराबरको थियो । यसले ९ महिनामा १९ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँको रहेको छ । संस्थाको जगेडा कोषमा २६ करोड ५७ लाख जम्मा छ भने रिटेन्ड अर्निङ भने ४ करोड ४६ लाखले ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर आम्दानी १०.४० रुपैयाँले बढेर १४.१० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४४.५० रुपैयाँ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्