सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, २३ बैशाख । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । छिटो भन्दा छिटो टुंगाृ लगाउनु पर्ने मुद्दालाई आलटाल गरेको प्रगंग आएको छ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्ने छन् ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क छैनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी ९झगडिया झिकाउने० आदेश दिएका थिए । अदालती अभ्यासमा झझी आदेश दिएका न्यायाधीशले स्वार्थ बाझ्ने भन्दै सो मुद्दामा सुनवाइ कमै गरेको पाइन्छ । यद्यपि, निरौला आफैं मुख्य न्यायाधीश भएको हिसाबले उनी जिम्मेवारीबाट भाग्न नहुने सन्दीपका एक कानून व्यवसायीले बताए ।

सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी(२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्