आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घटायो

काठमाडौं,२३ वैशाख । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । संशोधित लाभांस अनुसार इन्स्योरेन्सले चुक्ता पूँजीको कुल २६।१३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यस मध्ये २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश रहेको छ । इन्स्योरेन्सले यसअघि २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

इन्स्योरेन्सले प्रस्तावित बोनस शेयरलाई यथावत राखेर नगद लाभांश घटाएको छ । नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको इन्स्योरेन्सले बताएको छ । उक्त प्रस्तावित लाभांश इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्