प्रदेश ४ को कांग्रेस संसदीय दलको नेतामा सांसद कृष्णचन्द्र नेपाली

काठमाडौं । कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेता सांसद कृष्णचन्द्र नेपालीलाई चुनेको छ ।
लामो समयपछि कांग्रेसले दलको नेता चयन गरेको हो । बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ ।

साथै दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरीता गुरुङ चयन भएका छन् ।

संसदीय दलको नेतामा चयन भएपछि प्रतिक्रिया दिँदै कृष्णचन्द्र नेपालीले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्