हिमालयन डिष्टिलरीले सार्वजनिक गर्यो तेस्रो वित्तीय विवरण
काठमाडौं,२१ वैशाख । हिमालयन डिष्टिलरी लिमिटेडको व्यापारमा कमि आउँदा यसको खुद नाफामा असर परेको छ । चालु आ.व.को तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख रुपैयाँमा आइपुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी ३९.५५ प्रतिशतले घट्दा नाफामा असर परेको हो । ४ अर्ब ५३ करोड रहेको उक्त आम्दानी यस अवधिसम्म आइपुग्दा २ अर्ब ७४ करोड कायम भएको छ । २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयम डिष्टिलरीको जगेडा कोषमा ५२ करोड ८२ लाख रुपैयाँ जम्मा रहेको छ । यो गत वर्षको भन्दा ३७.१० प्रतिशतले कम हो ।
यस अवधिमा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा कायम भएको छ । यो आम्दानी गत वर्षको तुलनामा १८.२७ रुपैयाँले कम हो । यसको प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ७४ पैसा रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २२ पैसा थियो ।
प्रतिक्रिया दिनुहोस्