आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईंदै

काठमाडौँ, २१ बैशाख। आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसनेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ ।

‘स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ । विश्वभर प्रेस स्वतन्त्रतामाथि प्रहार भईरहेको सन्दर्भमा यो विदवसको महत्व अझै बढि छ । नेपाल लगायत देशहरुमा प्रेसमाथि अंकुश लगाउने काम भईरहेको छ । प्रेस स्वनत्त्रमा लागि अझै लड्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्