सर्लाहीमा भीषण आगलागी, दर्जन बढि घर जलेर नष्ट

काठमाडौं । सर्लाहीको विष्णुपुर गाउँपालिका-१ बाराद्धोरण टोलमा भीषण आगलागी भएको छ । दिउँसो अन्दाजी ३ बजेबाट सुरु भएको आगलागीले दर्जनौं घर जलेर नष्ट भएको हो ।

आगो निभाउन चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास जारी रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कति घर जलेको भन्ने एकिन विवरण प्राप्त भई नसकेको पनि उनले बताए ।

त्यहाँ अधिकांश विपन्न वस्ती रहेको उनको भनाइ जनाइएको छ । गाउँपालिकाले वितरण ग्यास सिलिन्डर बिस्फोट हुँदा झन आगोले वस्तीलाई चपेटामा लिएको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्