गण्डकीलाई पछि पार्दै कर्णाली प्रथम पटक महिला लिगमा छनोट
काठमाडौं, २० बैशाख । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २(० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ ।
बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई हराएपछि कर्णाली तेस्रो हुँदै लिगमा छनोट भएको हो ।
कर्णाली छनोट हुँदा मधेश प्रदेश भने चौथो स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट हुनसकेन । समान ६ खेलबाट कर्णालीले १२ अंक जोड्दा मधेशले १० अंकमात्रै जोड्यो ।
गण्डकीविरुद्ध कर्णालीलाई जित दिलाउन कर्णालीकी वर्षा वलीले छैटौं मिनेटमै गोल गरेर अग्रता दिलाइन् ।
खेलको ३०औं मिनेटमा सबिनाले गोल गर्ने राम्रो मौका गुमाइन् । उक्त अवसर गुमाएको २ मिनेटभित्र नै कर्णालीका लागि वर्षाले दायाँतर्फबाट गरेको असिस्टमा सन्जिता बोम्जोनले दोस्रो गोल गरिन् ।
पहिलो हाफमा गरेको २ गोल नै निर्णायक बन्दा कर्णाली पहिलो पटक महिला लिगमा छनोट भएको हो ।
यसअघि नै कोशी र सुदूरपश्चिम प्रदेश क्रमशः पहिलो र दोस्रो हुँदै महिला लिगका लागि छनोट भइसकेका छन् ।
कोशी ६ खेलमा ५ जित र एक हारसहित अपराजित रहँदै १६ अंक र सुदूरपश्चिम ५ खेलमध्ये ४ मा जित र एकमा हारसहित १२ अंकका साथ छनोट भएको हो ।
सूदुरपश्चिम र लुम्बिनी प्रदेशबीच आज बिहीबार हुने दोस्रो खेल औपचारिकताका लागि मात्रै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्