आइएमई लाइफको गर्यो लाभांश घोषणा

काठमाडौं,२० वैशाख । आइएमई लाइफ इन्स्योरेन्सले गत आ.व.२०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बितरण गर्न लागेको लाभांस मध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.५० प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश रहेको छ ।

बैशाख १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यो लाभांश वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्