सिवाईसी नेपाल लघुवित्तको नाफा उल्लेख्य बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं, १९ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मसान्तसम्ममा लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६३।४० प्रतिशत बढी हो । गत आ.व.को सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.८८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९१.०६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.७४ प्रतिशतमा झरेको छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ५ करोडबाट घटेर ५४ लाखमा सीमित भएको छ । यसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको छ ।

लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ २ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ९३ पैसा रहेको छ ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ सञ्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्