पेट्रोलियम पदार्थको मूल्यमा सामान्य हेरफेर

काठमाडौं,१९ वैशाख । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ ।

नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य हेरफेर गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले घटेर १५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, आन्तरिक हवाई ईन्धन प्रति लिटर १ रुपैयाँले बढेर १३७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ७ डलरले वृद्धि भएर १०४२ डलर पुगेको छ । यसैगरि पेट्रोल र एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्