सुनको भाउ तोला २ हजार ७ सय रूपैयाँ घट्यो

काठमाडौं, १९ बैशाख । सधैंजसो बढेको सुनको भाउ बुधबार भने घटेको छ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला २ हजार ७ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १६ सय ५० रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्