आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं, १९ बैशाख । आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ।

‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाइँदै छ।

दिवसलाई विश्वभरका श्रमिकले एक आपसमा भावना र ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा मनाइन्छ । सबैभन्दा ठूलो वर्ग नै मजदुर वर्ग हो । यदि मजदुरले चाहे भने सबै कुरा गर्न सक्छन् । विश्वगभरको मजदुरहरु एक हुने हो भने सबै संम्भ्रान्तहरु तह लाग्ने छ ।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । तर यसलाई अझै व्यवस्थित बनाउन जरुरी छ ।

मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ।

समारोहअघि नयाँ सडकबाट र्‍यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिए।

सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो। यस दिवसको अवसरमा विश्वभरि नै धैरे कार्यक्रमहरु हुनेछ । विश्वभरको मजदुरहरु एक भई आफ्ना हकअधिकार स्थपित गर्न पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्