रिडी पावरको हकप्रद सेयर बाँडफाँट, वैशाख २० बाट पैसा फिर्ता

काठमाडौं,१८ वैशाख । रिडी पावर कम्पनी लिमिटेडले गत चैत्र २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट गरको छ ।

सो लिलामीको बाँडफाड हिजो वैशाख १७ गते सेयर बाँडफाँट गरेको हो । जसमा न्यूनतम १४८ रुपैयाँ १० पैसा (कट आफ प्राइस)कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।

कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकहरूको सेयर वापतको रकम वैशाख २० गतेबाट आईपीएसमार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा जम्मा गराइने छ ।

 

प्रतिक्रिया दिनुहोस्