लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनिको हात खाली, लाभांश वितरण नगर्ने

काठमाडौं,१८ वैशाख । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । यस हिसाबले शेयरधनीको हात खाली हुने भएको हो ।

सञ्चालक समितिको बैशाख १७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णयपश्चात इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण पठाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्