कालिका लघुवित्त खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५० पैसा

काठमाडौं,१७ वैशाख । कालिका लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ९.८२ प्रतिशतले घटेर ३ करोड २१ लाख २६ हजार रुपैयाँमा भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ८.७९ प्रतिशतले घटेर १८ करोड ३ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि ९.८२ प्रतिशतले घटेर ४ करोड ५८ लाख ९५ हजार रुपैयाँमा आएको छ । यता, खराब कर्जा भने ०.६४ प्रतिशत विन्दुले घटेर ४.९६ प्रतिशत कायम भएको छ ।

तेस्रो त्रैयमासको अन्तसम्म लघुवित्तको चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्