सिद्धार्थ प्रिमियर इन्सुरेन्सको करिब ६ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं,१७ वैशाख । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आजदेखि ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ सस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यस लिलामीमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस लिलामीमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्